‘सहकारीहरुका लागि नियमनकारी निकायको प्रभावकारी व्यवस्था आवश्यक’
- असार २४, २०८१
- 0
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियमनकारी निकायको प्रभावकारी व्यवस्था नहुँदा सहकारीहरुमा समस्या देखिएको बताएका छन् ।
उनले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए ।
सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा गभर्नर अधिकारीले नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारण देखाए ।
सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने गभर्नरको भनाइ थियो । गर्भनर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको विषय औंल्याएका थिए ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






