बाढी पहिरो : देशभर ७० को मृत्यु, ८६ जना घाइते
- असार २४, २०८१
- 0
अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।
विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी–पहिरोले जनधनको व्यापक क्षति भएको छ ।
शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ ।
यस्तै वर्षाका कारण ३३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविरल बर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् ।
साथै बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय ५० रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






