बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद सजायको फैसला
- असार १७, २०८१
- 0
बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने अदालतले फैसला सुनाएको छ ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई सजाय तोकेको हो । बम्जनलाई १० वर्ष कैद सजाय र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश आएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
बम्जनविरुद्ध जिल्ला सकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडित परिवारलाई क्षतिपूर्तिको मागदावी गर्दै अभियोगपत्र दायर गरेको थियो ।
०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो ।
सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो ।
बम्जन अहिले महोत्तरीको जलेश्वर कारागारमा छन् ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






