लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण
- असार १६, २०८१
- 0
रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।
गाउँपालिकाको ५) प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण गरिएको छ । त्यसै गरी तीनवटा धान झार्ने थ्रेसर मेसिन, चारवटा पिसानी मिल, पाँच वटा मकै छडाउने मेसिन पनि किसानलाई वितरण गरिएको छ ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले किसानहरूलाई ती सामाग्री वितरण गरेका हुन्। कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत उपकरण वितरण गरिएको बताउँदै न्यौपानेले यसबाट किसानको श्रम कम हुन गई कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
यसैगरी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सो वडाका किसान नारायणबहादुर थापा मगरलाई तरकारी खेतीको लागि हाइटेक प्रविधिको टनेल प्रदान गरिएको छ । टनेल निर्माणको लागि गाउँपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गरेको हो ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






