महालेखा परीक्षकलाई संसदले सक्दो सहयोग गर्छ : सभामुख

news-details

सभामुख देवराज घिमिरेले संघीय संसदको तर्फबाट महालेखा परीक्षकको कार्यालयलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् ।

शनिबार महालेखा परीक्षकको ६६ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुकको सार्वजनिक वित्तिय व्यवस्थापन, आर्थिक अनुशासन र स्रोत साधनको परिचालनका विषयमा अपेक्षित सुधार आवश्यक रहेको भन्दै त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘मुलुकको सार्वजनिक वित्तिय व्यवस्थापन, आर्थिक अनुशासन, स्रोत साधनको परिचालन र स्थिती तथा सेवा प्रवाहलगायतका विषयमा देखिएका सुझाव कार्यान्वयन गरि अपेक्षित सुधार हुन जरुरी छ । संघीय संसदको तर्फबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास दिलाउन चाहन्छु ।’

महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा व्यहोरालाई संघीय संसद, प्रदेशसभा तथा गाँउ, नगरसभाले गम्भीरतापूर्वक नलिएको भन्दै यसमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘महालेखा परीक्षणको कार्यालयले वार्षीक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा व्यहोरालाई संघीय संसद, प्रदेश सभा तथा गाउँ नगर सभाले गम्भीरतापूर्वक लिइ प्रतिवेदन कार्यान्वयन विशेष ध्यान पु¥याउनुपर्नेमा विगतका प्रतिवेदन कार्यान्वयन नभई एकै प्रकृतीका व्यहोरा वर्षेनी पुनरावृद्धि हुन नदिन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरा हो र अहिलेको जिम्मेवारी रहेको ठानेको छु ।’

राज्यको स्रोत, साधन र कोष सञ्चालना गर्ने सबै निकायले जिम्मेवारी र जवाफदेहीता बहन गर्दै वित्तिय अनुशासन पालनामा अग्रणी भूमिका निर्वाह गरि अनियमितता र बेरुजु हुनै नपाउनेगरी काम गर्ने अपेक्षा राखेको उनको भनाइ छ ।

महालेखा परीक्षणले प्रस्तुत गर्ने प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा समेत छलफल गरि टुङ्गाउनुपर्ने भएकाले प्रतिवेदनमा समावेश हुने विषयवस्तुहरुको नियमित रुपमा छलफल गर्दै समयमा नै बेरुजुको विषय निरुपण गरि जवाफदेहीता अभिवृद्धि गर्न सभामुखको सुझाव थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *