शीतल निवास बाहिर रोपाइँ, श्रमको सम्मान र प्रोत्साहन गर्न रोपाइँमा सहभागी भएको राष्ट्रपतिको भनाई

news-details

राष्ट्रपति कार्यालयले राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ र दही च्युरा खुवाउने कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेले उक्त रोपाइँ कार्यक्रममा सहभागी भई धान रोपेका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागीता जनाएका हुन् ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जानकारी पौडेल सचिवालयले गराएको छ ।

“पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ।” पौडेलले थप भनेका छन्, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ”, पौडेलजले भनेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *