रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाइते

news-details

रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।

शनिबार बिहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्बर –१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा– ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरी रहेकी छन् ।

दुर्घटनामा बसमा सवार २६ बर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको छ । दाससहित अन्य सात जना घाइतेहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले घाइतेहरुको शिवनगर र गरुडाका अस्पतालमा उपचार भईरहेको जानकारी दिइन।

गौरबाट भैरहवा तर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको गिरीले जनाएकी छन् ।

बस चालक भने फरार रहेकाले निजको खोजी कार्य भईरहेको र दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *