आज पाँच प्रदेशमा भारी वर्षा हुने, सर्तकता अपनाउन आग्रह

news-details

हाल देशभर आंशिक देखि साधारणतया बदली रही बिहानैदेखि काठमाडौं उपत्यका सहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, शनिबार राती देशभर देशभरका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आगामी केही दिनमा देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन थप सक्रिय आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।

शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने हुनाले बाढी र पहिरोको जोखिम बढेको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्न तथा सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *