संसद सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
- असार १०, २०८१
- 0
सेवासुविधासँग सम्बन्धित विभिन्न माग राखेर आन्दोलन गरिरहेका संघीय संसद सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
चरणचरणमा भएको छलफल र वार्तामा संघीय संसद सचिवालय कर्मचारी युनियन र कानूनमन्त्री पदम गिरीको नेतृत्वमा बनेको सरकारी सहजीकरण समितिबीच उक्त सहमति भएको हो ।
सहमतिअनुसार कर्मचारीका मागप्रति सरकार सकारात्मक रहेकोले सम्पूर्ण माग क्रमशस् पूरा गर्दै जाने सहमति बनेको छ । हाललाई राजपत्राङ्कित कर्मचारीको मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीको लागि मासिक ३ हजार आवास भत्तामा वृद्धि गर्ने पनि सहमति बनेको छ ।
कर्मचारीलाई दिइँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय बढाइएको छ । साथै अतिरिक्त समयमा काम लगाएबापत उपलब्ध गराउँदै आएको खाजा खाना खर्च दैनिक १ सय बढाइएको छ । कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची – १२ लाई बढीमा तीन वर्षमा पुनरावलोकन गर्ने पनि सहमति बनेको छ ।

0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






