मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

news-details

नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरूद्व भ्रष्टाचार मुद्वा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्व विशेष अदालतमा भ्रष्टाचार मुद्वा दायर गरेको हो ।

मुद्वा दायर भएकामा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्स सेल्स प्रालि कम्पनी र उक्त कम्पनीका निर्देशक केशव शर्मा लगायत छन ।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो मागदाबी गर्दै मुद्वा दायर गरेको हो । मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल निलम्बनमा परेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया