पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने

news-details

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न समर्य निर्धारण गरीएको छ । असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा।चिरञ्जीवी खनालले जानकारी दिए । उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेकोछ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे हुने उनले जानकारी दिए ।

असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुने बताईएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया