रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित राजनैतिक दलका शीर्ष नेताहरु सहभागी

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित राजनैतिक दलका शीर्ष नेताहरू पुगेका छन्।

शुक्रबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका छन् ।

केन्द्रीय कार्यालयबाहेक पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाइएको रास्वपाले जनाएको छ। २०७९ साल असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन भई असार १७ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया