सर्लाहीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

news-details

पूर्व–राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, रायमाझी चोकमा बिहीबार बिहान सडक छेऊमा रोकिराखेको भारतीय मालवाहक ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया