आज तुलसीको दल छर्ने एकादशी
- असार ४, २०८१
- 0
वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
यो पाली एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । अन्तर्राष्ट्रिय कथा वाचक पंकज कुबेर सुवेदीले भने वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न उपयुक्त दिन हुने बताएका छन् । मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागिसकेको छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिन चार महिनासम्म तुलसीको विशेष पूजा गरी तुलसीको स्याहार गर्ने प्रचलन छ । त्यसपछि दामोदरसँग तुलसीको विवाह गरिदिने गरिन्छ ।
आज काठमाडौंको बुढानिलकष्ठ लगायतका विष्णु मन्दिरहरुमा श्रद्धालु भक्तजनको घुँइचो लाग्ने गर्दछ ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





