मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड
- असार २, २०८१
- 0
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए ।
समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको बताए ।
त्यस्तै, प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउँदै विधेयक शंसोधन आवश्यक रहेको बताए ।
बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनैपनि ऐन कानून बनाउन नहुने,पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्र निकायका रुपमा लैजाने गरी विधेयक संशोधन बताएका थिए ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





