‘प्रदेश अहिले अदालतले चलाएका छन्’ : गगन थापा
- असार १, २०८१
- 0
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए । कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ ।
उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं । त्यो गर्न एमालेसँग सल्लाह गरौं ।’
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





