पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने
- असार १, २०८१
- 0
आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ ।
पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो ।
यसअघि हरेक दिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो ।
विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो । यसअघि हरितालिका तीज, महाशिवरात्रि र बालाचतुर्दशीको विशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





