पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

news-details

आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो ।

यसअघि हरेक दिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो ।

विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो । यसअघि हरितालिका तीज, महाशिवरात्रि र बालाचतुर्दशीको विशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *