चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो, १२ जना घाइते
- जेष्ठ ३२, २०८१
- 0
चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्दा १२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्क्षा कामना गाउँपालिका –३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
‘प्रारम्भिक विवरण अनुसार कारमा सवार ५ जना र बसमा चालकसहित ३५ जना यात्रु सवार रहेछन् । सो मध्ये ११–१२ जना घाइतेको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा पठाइएको छ,’ डिएसपी भण्डारीले भने । उनीहरुमध्ये कारमा सवार तीन जनाको अवस्था गम्भीर छ ।
बस सडकबाट खोलामा झरेको छ । भण्डारीका अनुसार बसमा सवार अन्य यात्रु सामान्य घाइते छन्, सबैको विवरण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





