एमाले काभ्रे अध्यक्षमा राजन भुर्तेल विजयी

news-details

नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन । बुधबार अबेर मतदान सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित भएका हुन ।

अध्यक्षका अर्का प्रत्याशी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।

उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव ९महिला०मा सूर्यमाया दनुवार निर्वाचित भएका छन ।

६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए । जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भएका छन्।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया