नेतृत्व चयनका लागि जसपा नेपालमा निर्वाचन प्रक्रिया सुरु

news-details

जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि निर्वाचन प्रक्रियाको सुरु गरिएको हो ।

पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ । मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका मंगलबार राती नै सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपराह्नदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयनको कार्यतालिका राखिएको छ ।

मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक महम्मद समिमि अख्तर अलीले जानकारी दिएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया