गण्डकीका नवनियुक्त मन्त्री देवकोटा र मनांगेले लिए शपथ

news-details

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन ।

मुख्यमन्त्री पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे) लाई नियुक्त गरेका हुन ।

उनीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्विप जारी भए पनि मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका थिए ।

मनांगे भने गण्डकीमा छैटौँ पटक मन्त्री बनेका हुन । कांग्रेसका टेकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया