चार संसदीय समितिको बैठक आज, यस्ता छन् कार्यसूची
- जेष्ठ २८, २०८१
- 0
संघीय संसद्अन्तर्गत प्रतिनिधिस भाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ।
प्रतिनिधिसभा अन्र्तगतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको छ ।
सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ। तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ। बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






