कर्णालीको झोलुङ्गे पुलमा फसेका १० खच्चडको उद्धार, २ को मृत्यु

news-details

कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ खच्चड मध्ये १० वटाको उद्धार छ भने २ वटाको मृत्यु भएको छ ।

आइतबार बिहान पुलको लट्ठा चुँडिएर अड्केका खच्चडको पुलको तार काटेर उद्धार गरिएको हो ।

पुलको तार काटेर नदीमा खच्चड झार्दै उद्धार गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उद्धारका लागि धेरै समय लाग्ने हुँदा खच्चडलाई नदीमा खसालेर उद्धार गरिएको उपरीक्षक दाहालले बताए ।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीय खटिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया