प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने
- जेष्ठ २७, २०८१
- 0
प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँदिल्लीका लागि उडेका हुन् । आइतबार अपरान्ह ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा दाहाल सहभागी हुनेछन् ।
शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले उनीसँग संक्षिप्त कुराकानी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि दुई प्रधानमन्त्रीबिच भएको टेलीफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।
प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना दिल्ली उडेका हुन ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






