ललितपुर इमाडोलमा सुनापाती पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर, करिब ५ सय सेवाग्राहीले लिए लाभ

news-details

ललितपुरको इमाडोलमा शनिबार विशेषज्ञ डाक्टरहरुको सहभागितामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सुनापाती पोलिक्लिनिक एवम् हेल्थ सेन्टर र महालक्ष्मी नगरपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा जेनियम नेसनल एकेडेमी इमाडोलमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

स्वास्थ्य शिविर कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोबिन्द श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । उनले शिविरको अवलोकन गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरे । साथै यस्ता कार्यक्रमहरुको लागि नगरपालिकाले गर्नुपर्ने साथ र सहयोग निरन्तर रहने समेत उनले बताए । नगरपालिकाको पहिलो प्राथमिकता नै स्वास्थ्य भएका कारण स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरेको उनले बताए ।

उनले भने – ‘हामी यस्ता कार्यक्रमहरु हरेक वडामा गरिरहेका छौ नगरपालिकाको स्वास्थ्य शाखाले वर्षको करिब ९२ वटा स्वास्थ्यका कार्यक्रमहरु गर्दै आएको छ ।’

हेल्थ सेन्टरका सञ्चालक जीवन कुमार केसीका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण सेवा, पिसाब जाँच, होलबडी चेकअप मात्रै ३ हजार र थाइराइड परीक्षण मात्र ६०० रुपैयाँमा गरिने र कतिपय परिक्षणहरु निःशुल्क पनि गरिने जानकारी दिए। त्यस्तै सम्पूर्ण ल्याब टेस्टमा २५ प्रतिशत, डिजिटल एक्स–रे र ईसीजीमा पनि २५ प्रतिशत नै छुट उपलब्ध रहेको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका रहेको जेनियम नेसनल एकेडेमीका प्रधानाध्यापक यसोदा कुँवरले विद्यालय समाजको सम्पत्ति भएका कारण पुन्य कार्यका लागि सदैव साथ सहयोग रहने बताईन् । साथै आफ्नै विद्यालयमा निःशुल्क स्वास्थ्यलाभ लिन पाउँदा विद्यार्थीहरु पनि हर्षित भएको उनले बताईन् ।

स्वास्थ्य शिविरमा डा. अञ्जुली लिम्बु, किरण आचार्य, दीपक मिश्र, निलिमा बज्राचार्य, राजीव राजन यादव, अरुण कार्की, आनन्द कुमार मिश्रजस्ता विशेषज्ञ डाक्टरहरुको सहभागिता रहेको थियो भने बालरोग विशेषज्ञ सेवा, सुगर, थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ सेवा, मुुटु रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूती विशेषज्ञ सेवा, जनरन फिजिसियन विशेषज्ञ सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा र छाला तथा यौनरोग विशेषज्ञ सेवा समेत उपलब्ध रहेको सञ्चालक केसिले जानकारी दिए । साथै  शिविरबाट करिब ५ सय जना मानिसहरुले प्रत्यक्ष लाभ लिएको उनले बताए ।

शिविरमा आएका सेवाग्राहीहरुले आफ्नै ठाँउमा निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिन पाएकोमा खुसी व्यक्त गर्दै सुनापाती पोलिक्लिनिकलाई धन्यवाद ज्ञापन गरेका छन । उनीहरुले भोलीका दिनमा पनि यस्ता शिविर संचालन गर्न आग्रह पनि गरे ।

विगत लामो समयदेखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका अनुभवी स्वास्थ्य व्यवसायी केसिले यस्ता शिविरहरु समय समयमा आयोजना गर्दै आईरहेका छन् । र आगामी दिनहहरुमा पनि गर्दै जाने उनको योजना रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया