काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत अवरूद्ध हुने
- जेष्ठ २६, २०८१
- 0
काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास शनिबार ६ घण्टा विद्युत अवरूद्ध हुने छ ।
प्राधिकरणका अनुसार शनिबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुने छ।
प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भनेको हो ।
प्राधिकरणले सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने पूर्वजानकारी समेत दिएको छ।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






