एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन
- जेष्ठ २४, २०८१
- 0
नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ।
लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए।
खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए। उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए।
बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए।
एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए। उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन्।
0 प्रतिक्रिया
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]






