काठमाडौंमा भइरहेको बर्षा उत्तरपूर्व सर्ने क्रममा
- जेष्ठ २२, २०८१
- 0
काठमाडौंमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । पश्चिमी भू–भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको हो । विभागका अनुसार काठमाडौंमाअझै केही घण्टा वर्षा हुनेछ । त्यसपछि विस्तारै पानी काभ्रे हुँदै पूर्वतर्फ अघि बढ्ने छ ।
बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो । डेढ दुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो ।
विभागले भनेको छ,‘हाल गण्डकी, बागमती र मधेश प्रदेशमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकसीत भई यी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भईरहेको छ र उत्तरपूर्वी भू–भागतिर सर्ने क्रममा रहेको हुंदा सतर्क र सचेत रहौं।’
यस वर्षको मनसुन हाल (३१ मे २०२४) भारतको उत्तर पूर्वी भू –भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको थियो ।
0 प्रतिक्रिया
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र […]
रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे […]
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]






