न्युरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
- जेष्ठ २१, २०८१
- 0
न्युरोडमा फुटपाथको विषयलाई लिएर सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं महानगरप्रहरीबीच विवाद भएको छ। सडक डिभिजन कार्यालयले सडक पिच गरिरहेको बेला महानगरपालिका प्रमुख बालेन साह पक्षले रोक्न खोजेपछि विवाद भएको हो।
उनीहरूले त्यहाँ नाराबाजी नै गरेका छन्। काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेको थियो। तर,संघीय सरकारको मातहत उक्त सडक महानगरले अनुमतिबिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले रोकेको थियो।
सडक डिभिजन कार्यालय काठमाडौंले पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भनेको थियो। तर महानगरपालिकाले सडक नबनाएपछि आज कार्यालयले कालोपत्र गर्न थालेको छ।
0 प्रतिक्रिया
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र […]
रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे […]
प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता […]
कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका […]
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]






