वीरेन्द्रनगरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

news-details

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो ।

घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया