कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानतमा रिहा
- जेष्ठ १६, २०८१
- 0
नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन् ।
अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।
सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो ।
नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






