आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै, अर्थमन्त्रीले बजेट पेश गर्ने
- जेष्ठ १५, २०८१
- 0
आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमतिनजिक पुगेकाले आजको बैठक सहज बातावरणमा सञ्चालन हुने कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।
‘सत्ता पक्ष र विपक्षका दलहरूको बैठक सहमतिउन्मुख छ । आज ११ बजे कार्यदलको बैठक बसेर त्यसलाई टुंगोमा पु¥याउँछौँ,’ उनले भने, ‘सरकारले बजेट ल्याउँछ । संसद् सहज बातावरणमा चल्छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू करिब करिब सहमतिउन्मुख देखिएका थिए । आज बस्ने कार्यदलले त्यसलाई निष्कर्षमा पु¥याउने जनाइएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






