बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी
- जेष्ठ १४, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका छन् ।
बैठक दाहाल निवास बालुवाटामा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन् ।
यस्तै,नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन् ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






