प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास सरकारले जारी राखेको बताएका छन ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट पेश हुने समयसम्म दलहरुबीच सहमति हुने बताएका हुन ।
उनले भने, ‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेको छु । आज बिहान मात्र कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको प्रयास गरेको छु । आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति बन्ने कुरामा विश्वस्त छु ।,’
प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति बनिसकेको र टिओआर बनाउने विषयमा सोमबार बिहान सम्म सहमति हुनसक्ने विश्वास व्यक्त गरे ।








