कैलाश सिरोहिया अस्पताल भर्ना

news-details

नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन ।

चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएका उनी शुक्रबार राति काव्या अस्पतालमा भर्ना भएका हुन ।

उच्च रक्तचाप र टाउको दुखाइ बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ ।

उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको र त्यहाँबाट काव्या अस्पताल रिफर गरिएको बताइएको छ ।

सिरोहिया भर्ना भएको काव्या अस्पताल सुविधासम्पन्न मानिन्छ । सहज बसाइकै लागि उनी काव्या अस्पतालमा भर्ना भएको बुझिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया