लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत
- जेष्ठ १०, २०८१
- 0
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले लेखकलाई विधानको धारा २३ (२) बमोजिम केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेका हुन् ।
१४ औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय बनेको छ । तर केन्द्रीय समिति बैठक बस्न नसकेका बेला सो सरहको निर्णय अधिकार रहेको कार्यसम्पादन समिति भने ४६ सदस्यीय मात्रै हुन्छ ।
सभापति देउवाले अहिलेसम्म कार्यसम्पादन समितिलाई पूर्णता दिएका छैनन् । यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा देउवाले बिहीबार लेखकलाई थपेका हुन् । देउवाका विश्वासपात्र रहेका लेखक पछिल्लो समय संसदीय दलको प्रमुख सचेतक भएपछि थप सक्रिय देखिन्छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत गरेको जानकारी दिए । उनी मनोनीत भएपछि अब कार्यसम्पादन समितिमा आठ सदस्य रिक्त छन् ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






