राप्रपा केन्द्रीय कार्यसमितिको बैठक जेठ ११ देखि
- जेष्ठ ९, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक यही जेठ ११, १२ र १३ गते बस्ने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
उनले भने, ‘आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जेठ ११, १२ र १३ गते बस्ने निधो गरेको छ । उक्त बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, सचिवालयको प्रतिवेदन लगायत विभिन्न समितिहरुको प्रतिवेदनको बारेमा छलफल भयो । केही समसामयीक राजनीतिक विषयमा समेत छलफल भएको छ ।’
त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग कायमै राख्ने निर्णय गरेको लिङ्देनले बताए ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






