कैलाश सिरोहिया चाँडै छुटछन् : प्रधानमन्त्री
- जेष्ठ ९, २०८१
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया चाँडै छुट्ने बताएका छन् ।
सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो । उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको बताए ।
उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको भन्दै कैलाश सिरोहिया छिट्टै छुट्ने प्रतिक्रिया दिए । यसअघि प्रचण्डले चन्द्रागिरीमा भएको एक कार्यक्रममा बिहान अदालत आफूले बु्झेको भन्दै सिरोहिया छुट्ने दाबी गरेका थिए ।
पछिल्लो घटनाक्रमलाई जोडेर मिडियाका सम्पादकहरुले प्रचण्डलाई संयुक्त पत्र लेखेका हुन् । पत्रमा सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उल्लेख गरिएको छ ।
गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आफ्ना गल्ती लुकाउन शत्रुभाव देखाएकोसमेत पत्रमा उल्लेख गरिएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






