गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत
- जेष्ठ ७, २०८१
- 0
नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ ।
सोमबार पार्टी सभापति एवम संसदीय दलका नेता शेर बहादुर देउवाको सभापतित्वमा संघीय संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले आइतबार उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।
‘नेपाल सरकारका गृहमन्त्री मानीय रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रुपले लिएको छ । गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भत्सर्ना गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेकोपनि जनाएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






