काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने
- जेष्ठ ४, २०८१
- 0
अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । दिउँसो यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहने उल्लेख छ ।
आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ ।
तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।
आजदेखि आइतबार (६ जेठ) सम्म तराईका जिल्लामा गर्मी अधिक हुने हुनाले त्यसको असरबाट जोगिन सकेसम्म घरबाट बहिर ननिस्कन विभागले नागरिकलाई आग्रह समेत गरेको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






