प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।
बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गरेका हुन ।
अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे ।








