कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना
- जेष्ठ ३, २०८१
- 0
आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
0 प्रतिक्रिया
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा […]
सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउन कठिन
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छिन् । सुनवल नगरपालिकामा […]
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नु, छालाजन्य बस्तु उपहार नदिनु’
हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । […]
डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन
विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले […]
महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी […]