संसदको अवरोध फुकाउन सत्तापक्षका शीर्ष नेताबीच छलफल
- जेष्ठ २, २०८१
- 0
संसदको अवरोध फुकाउन विकल्प खोज्न सक्रिय रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका दुइ नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबारको प्रतिनिधि सभा वैठक सञ्चालन बारे छलफल गरे पनि कुनै निष्कर्ष भने निस्किएन ।
संसदीय छानबिन समिति गठन गर्ने कि अरु नै विकल्प निस्कन सक्छ भनेर तीन नेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयबाट थाहा भएको छ ।
प्रधानमन्त्रीले आजै बिहान सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । संसदको अवरोध हटाउने बारेमा सत्ता पक्षका दलहरूले नै एउटा विकल्प तयार गर्न सभामुखले सुझाएका थिए ।
प्रतिनिधि सभाको बैठक भोलि बिहीबार ११ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठक पनि अवरोध गर्ने भएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






