राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, पारित हुन सकेन ‘धन्यवाद प्रस्ताव’
- जेष्ठ १, २०८१
- 0
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
आज अपराह्न बसेको राष्ट्रियसभा बैठकमा सहकारी रकम अपचलन गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गरेर कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा धन्यवाद प्रस्ताव प्रस्तुत गर्न सकेनन् ।
आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलाई धन्यवाद दिन ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।
तर, कांग्रेसको अवरोधका कारण उक्त प्रस्ताप बैठकमा पेस हुनै सकेन ।
राष्ट्रिय सभाको अर्को यही जेठ ३ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






