सहकारी ठगलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने
- जेष्ठ १, २०८१
- 0
सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो । देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’
बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् ¥याली निकालिने उनले बताए ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






