मधेश सरकारबाट एमाले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा

news-details

नेकपा (एमाले) पनि मधेस सरकारबाट बाहिरिएको छ।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्।

मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए ।

यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिँदै सरकार छोडेको घोषणा गरेका थिए । मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।

एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया