सुरक्षण मुद्रण उपकरण खरिद : विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

news-details

सुरक्षण मुद्रणका उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ सहित ६ जना र कम्पनी उपर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ४० करोड बढी बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन मन्त्रालयका तत्कालीन सिडीइ नविन कुमार पोख्रेल, केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा, शाखा अधिकृत हरि बल्लभ घिमिरे र म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसैनविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी गरिएको पाइएको उल्लेख गरेको छ ।

अख्तियारले उक्त कार्यमा सरकारी रकमको दुरुपयोग गरेको पाइएको आरोपपत्रमा उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया