राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

news-details

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन ।

नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

डा. नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरेको टिप्पणीका कारण विवादमा परेका थिए । यस विषयमा उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।

राष्ट्रपति कार्यालयले भनेको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा। चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा। नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया