काठमाडौँका यी स्थानमा दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

news-details

आजदेखि काठमाडौँका विभिन्न स्थानको विद्युत् सेवा दैनिक ६ घण्टा  अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया